काठमाडौँ । काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलान्चोक नमोबुद्ध - ९ घर भई हाल बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् ।
दुई जनामाथि गत वर्षको भदौ २९ गते काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित लोमस गेस्ट हाउसमा परिवर्तित नाम ‘२६ वृत्त कालीमाटी ०८०/०८१ (३) लाई पटक–पटक बलात्कार गरेको आरोप छ । घटनापछि फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार झालाई बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरिएको हो । अधिकारी जिल्ला प्रहरी कार्यालय धादिङबाट पुस ४ गतेको ज्यान मार्ने उद्योग मुद्दामा समेत फरार रहेको खुल्न आएको छ । दुवैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।
प्रतिक्रिया