(Tuesday , 17 September,2024)

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो । 

अघिल्लो कारोबार अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । 

यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो ।

जुन रेकर्ड मूल्यलाई पनि तोड्दै आइतबार सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो । 

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ।  शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आइतबार तोलामा १ हजार ८१० रुपैयाँ पुगेको हो। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal