(Sunday , 08 September,2024)

हालसम्मकै उच्च विन्दुमा पुगेर सुनको भाउ स्थिर

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ ७५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal