(Sunday , 08 September,2024)

नेपालले बंगलादेशलाई १२३ करोडको बिजुली बेच्ने, त्रिपक्षीय सम्झौताको तयारी पूरा

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ ।

तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते (जुलाई २८) मा विद्युत् व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले बताए । नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् निर्यात हुने छ ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुन लागेको हो ।

सम्झौतामा भने नेपाल विद्युत् प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) बीच हुने छ ।

बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौता अनुसार ५ वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

नेपाल प्राधिकरणले विद्युत् बिक्रीका लागि कागजात पेस गरेको थियो ।

सिंहले भने, ‘नेपालले प्रत्येक वर्षको ५ महिना जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म बिजुली निर्यात गर्नेछ । महिना २८ हजार ८०० मेगावाट आवर विद्युत् निर्यात हुन्छ ।

प्रतियुनिट बिजुलीको मूल्य ६.४ सेन्ट पाइन्छ । नेपालले ५ वर्षको विद्युत् निर्यातबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्नेछ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal