(Sunday , 08 September,2024)

जीवन बीमा कम्पनी र अनलाइन भुक्तानी सेवा प्रदायकहरूलाई  विभागले सम्झौताका लागी बोलायो

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । वैदेशिक रोजगार विभागले जीवन बीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूलाई सम्झौताको लागि बोलाएको छ ।

विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस सिस्टम) मा आबद्ध रहेका तथा २०८१/०८२ देखि आबद्ध हुन चाहेन जीवन वीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजातसहित सम्झौता गर्न आउन विभागले अनुरोध गरेको हो ।

विभागले २०८१औ ०८२ देखि आबद्ध हुन चाहने जीवन बीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूलाई सूचीकृत हुनका लागि विभागले अनुरोध गरेको थियो । सोही आधारमा विभागको असार ३० गतेको निर्णय अनुसार जीवन बीमाका लागि १३ वटा कम्पनी छनौट गरेको थियो ।

त्यस्तै अनलाइन भुक्तानी सेवाका लागि १७ वटा कम्पनी छनौट गरेको छ । ती संस्थाहरूलाई आवश्यक कागजातसहित सम्पर्क गर्न विभागले अनुरोध गरेको हो । 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal