(Saturday , 07 December,2024)

काठमाडौंमा स्वचालित विधिबाट परीक्षा केन्द्रहरू तोकियो

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (¥याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (¥याण्डम) विधिबाट छानिएको हो ।

हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा विद्यालय र केन्द्रको दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १ सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्नेगरि बाँडिएको छ ।

एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्नेगरि छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरि व्यवस्था गरिएको छ । विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ ।

प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘रÞ्यान्डमाइज’ गरिएको छ । यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ । 

यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ । विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal