(Saturday , 18 May,2024)

सर्लाहीमा समयमा नियन्त्रण हुन नसक्दा ७५ वटा घर जलेर नष्ट, पालिकामा छैन दमकल

NepalNewsLine

NepalNewsLine

Image 1

सर्लाही । अहिले जताततै आगोलागाी भैरहेको छ । आगोलागी डढेलोले बन जंगल, गाउ वस्ती नै सखाप भैरहेको अवस्थामा भैपरि आउने दुर्घटनाबाट आगोलागी हुदा त्यसलाई नियन्त्रणको लागी भने स्थानीय तह संग दमकलनै छैन, भएका पनि बिग्रिएर बसेका छन । जस्ले गर्दा नियन्त्रण हुन सक्ने आगोलागी बाट पनि धरै क्षति हुने गरेको छ । यस्को एउटा उदाहरण हो, सर्लाहीको घटना । सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा भएको आगलागी गाउपालीका संग दमकल नभएका कारण, समयमा नियन्त्रण हुन नसक्दा ७५ वटा घर जलेका छन ।

स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा  टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प््रहरी कार्यालयका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थिया े। आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो। आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ।

ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको छ । समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ। आगलागी भएको विष्णु गाउँपालिकामा दमकल छैन। हरिवन र मलंगवा नगरपालिकामा मात्रै दमकल छन्।
मलंगवा नगरपालिकाले दमकल बिग्रेको बताएको र हरिवनका दमकल अर्को ठाउँमा लागेको आगो निभाउन गएकाले ढिलो दमक पुगेकोे बताएका छन । हरिवन नगरपाकिलाको दमकल बिहीबारै लालबन्दी नगरपालिका–१७, रानीगन्जमा लागेको आगो निभाउन गएका थिए। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट आगलागी भएको करिब चार घण्टापछि मात्रै दमकल पुगेको थियो।

भारतबाट पनि दमलक बोलाएका थिए तर उता पनि आगलागी भएपछि उनीहरु बाटोबाटै फर्केको बताएका छन । 
स्थानीय तहलाई संघले सम्पुर्ण जिम्मेवारी दिईसकेको छ । तर पनि स्थानिय तह यस्ता भैपरिआउने सामान्य सुरक्षाका विषयमा किन जिम्मेवार छैनन् ? स्थानिय तहको यस किसिमको गैर जिम्मवारीले सामान्य दुर्घटनाबाट धेरै क्षति र कयौंले ज्यान समेत गुमाउनु परेको छ । स्थानिय तहको बजेट के मा खर्च हुन्छ ? भैपरिआउने घटना,दुर्घटनाको लागी दमकल, एमबुलेन्स जस्ता स्रोत र साधनको जोहो गरीराख्नु पर्छ कि पर्दैन ? अब आउने दिनमा यसका लागी संघ र प्रदेशले पनि पहल गरोस र स्थानीय तहले सबैको व्यवस्थापन गरोस । ताकी सामान्य दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal