(Tuesday , 17 September,2024)

रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी । रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। 

रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सीएनएनका अनुसार स्थानीय समयअनुसार भुकम्प आइतबार बिहान गएको हो। 

तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ। भूकम्पपछि ज्वालामुखी विस्फोट भएको जनाइएको छ। 

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सञ्चारमाध्यम तासले जनाएको छ।

त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ। त्यहाँबाट लावा पनि बाहिरिएको छ।

भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा बताइएको छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal