(Sunday , 08 September,2024)

इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा आक्रमण, २२ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

गाजा । मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सय जना घाइते पनि भएका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित मानिसहरू बस्दै आएको बताएको छ। तर इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा रहेको अबु ओराबेन विद्यालयमा हमास लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गरिरहेको बताएको छ ।

प्रत्यक्षदर्शीहरूले शिविरमा सशस्त्र लडाकुहरू नरहेको बीबीसीको अरबी सेवालाई जानकारी दिएका छन् । मृत्यु हुनेमा बालबालिका समेत रहेको उनको भनाइ छ ।

पछिल्लो आठ दिनमा विद्यालय र वरपरको यो पाँचौँ आक्रमण हो। गाजाको स्वास्थ्य मन्त्रालयले मानवीय क्षेत्रको रूपमा तोकिएको गाजाको क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा १ सय ४१ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।

हमासले एक विज्ञप्ति जारी गर्दै खान युनिस नजिकै अल मसावी क्षेत्रमा भएको आक्रमणमा अहिलेसम्म ४०० जना घाइते भएको जनाएको छ । -एजेन्सी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal