(Sunday , 08 September,2024)

माइक्रोसफ्टको सर्भरमा खराबी, विभिन्न देशमा वायुसेवादेखि न्यूज च्यानलसम्म प्रभावित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । माइक्रोसफ्टको सर्भरमा समस्या आएका कारण विभिन्न मुलुकमा वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएका छन् ।

शुक्रबार अचानक माइक्रोसफ्टमा समस्या देखिएको हो । समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा समस्या देखिएइको छ । माइक्रोसफ्ट कम्पनीले यो समस्याबाट आफू अवगत भएको र समाधानका लागि एउटा समूहलाई परिचालन गरेको जानकारी दिएको छ ।

माइक्रोसफ्टको अप्रेसन सिस्टममा आएको समस्याका कारण भारतमा इन्डिगो, अकासा एयर, स्पाइसजेट र एयर इन्डिया एक्सप्रेसको बुकिङ र चेक–इन प्रक्रिया प्रभावित भएको जनाइएको छ ।

अमेरिकाको फ्रन्टियर एयरलाइन्सको सेवा पनि प्रभावित भएको छ । माइक्रोसफ्टमा आएको समस्याका कारण ब्रिटेनको स्काइ न्यूज च्यानलको प्रसारण बन्द भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal