(Friday , 18 October,2024)

इजरायलद्वारा यमनमा आक्रमण

NepalNewsLine

NepalNewsLine

Image 1

तेल अभिभ । हुथी विद्रोहीहरूले हमला गरेको एक दिनपछि इजरायलले यमनमा हमला गरेको हो । हुथी विद्रोहीको नियन्त्रणमा रहेको हुदैदाह बन्दरगाहमा जवाफी हमला गरिएको समाचारमा उल्लेख छ । 

यो बन्दरगाह लाल सागरमा छ । हुथी विद्रोहीसँग जोडिएको मिडिया आउटलेटका अनुसार यो हमलामा तीन जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा धेरै घाइते भएका छन् । यो यमन विरुद्ध इजरायलको बर्बर हमला भएको हुथी अधिकारी मोहम्मद अब्दुल सलामले भनेका छन् ।

यो आक्रमणमार्फत आफ्नो देशले हुथी आन्दोलनकारीहरूलाई सन्देश दिन चाहेको इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले भनेका छन् । यो हमला हुथी विद्रोहीमाथि दबाब सृजना गर्न गरिएको बताइएको छ ।

हुथीले गाजामा प्यालेष्टाइनीहरूलाई समर्थन गरिरहेका छन् । यो समर्थन बन्द गराउन पनि यो आक्रमण भएको बताइएको छ । गएको केही महीनामा हुथी विद्रोहीहरूले सयौं मिसाइल प्रहार गरेका छन् भने ड्रोनबाट पनि हमला भएका छन् । इजरायलीहरूले समुद्र तट नजिक रहेको तेल भन्डारण र त्यसको सामु रहेको ऊर्जा केन्द्रमा पनि हमला गरेका थिए । - एजेन्सी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal