(Friday , 18 October,2024)

सर्लाहीका साहलाई नेपाल रग्बी संघ मधेश प्रदेशको संयोजकको जिम्मेवारी

NepalNewsLine

NepalNewsLine

Image 1

सर्लाही  । नेकपा (माओवादी) केन्द्रका हरिहरपुर नगर कमिटि सचिव रन्जीत साह नेपाल रग्वी संघ मधेश प्रदेशको संयोजक चयन भएका छन । मधेश प्रदेशमा रग्बी खेल विकास तथा विस्तार एवम समन्वय गर्नका लागि साहको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 

नेपाल रग्वी संघको २०८१ बैषाख १५ गत्ते बसेको बोर्ड बैठकको निर्णयानुसार २०८१ भाद्र ३१ गत्तेभित्र राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार जिल्ला रग्बी संघ पुनर्गठन गरी प्रदेश रग्वी संघको साधारण सभा गर्न सर्लाही जिल्ला रग्वी संघका अध्यक्ष साह लार्ई नेपाल रग्वी संघ मधेश प्रदेशको संयोजक पदमा चयन गरिएको नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । 

साहको संयोजकत्वमा गणेश थापा सह संयोजक सहित सुरेन्द्र शाह, अर्जुन चौधरी, सुदर्शन थपलिया, रवि गुप्ता, निषेश कुमार श्रेष्ठ, विकेन्द्र अधिकारी, निशा उप्रेति, रतना कुमारी चौधरी, मनिता हुमागाई, भोला यादव र सिकेन्द्र कुशवाह सदस्य रहेको नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।  


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal