(Saturday , 18 May,2024)

जोनसनको शतकमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २२८ रनको लक्ष्य 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । जोनसन चार्लेसको शतकको मद्दतमा टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज 'ए'ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रनको जोडेको हो । वेस्ट इन्डिज 'ए' का लागि जोनसन ११९ रनमा नटआउट रहे । चार्लेसले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन जोडेका हुन् । 

यस्तै, आन्द्रे फ्लेचरले ५३,  फाबियन एलनले १९ र एलिक अथानाजेले १७ रन जोड्दा केमो पाउल १३ रनमा अविजित रहे । ३३ बल खेलेका आन्द्रे ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन जोडेका हुन् ।

नेपालका लागि करण केसी र सागर ढकालले १-१ विकेट लिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal