(Friday , 01 November,2024)

नेपाल एयरलायन्स कर्मचारीले गरे आन्दोलन सुरू, कार्यकारी अध्यक्षलाई कार्यालय प्रवेश निषेध

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई प्रवेश निषेध गरेका छन् ।

निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको उनीमाथि आरोप छ ।

केही दिन पहिलेमात्रै नेपाल उडड्यन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो ।

वर्षौंदेखि सञ्चालनमा नरेहको र व्यवस्थित गर्न नसकिएको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् । फेज आउट भइसकेको  9N-ACB कलसाइनको जहाजलाई Parking Insurance  बापत निगमलाई आर्थिक व्ययभार बढाउँदै लगिएको पनि आन्दोलन कर्मचारीहरुले औंल्याएका छन् ।

कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्ती गर्नुपर्नाको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन थालेको निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal