(Friday , 20 September,2024)

प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख बनाउने अभियान , नेशन फस्टले थाल्यो आन्दोलन

author

Sajana

Image 1

काठमाडौं । राष्ट्रियता, उन्नत लोकतन्त्र, मानवतावाद को मुल नारा बोकेर सुरु भएको नेशन फस्ट अभियानले आज काठमाडौंमा राष्ट्रिय प्रशिक्षण भेला सम्पन्न गरेको छ, भेलाले भ्रष्टचारमुक्त समाज निर्माण गर्ने र नागरिकलाई सक्षम मार्गमा डो¥याउन, देशमा शासकिय स्वरुप समेत परिवर्तन गर्नुपर्ने कुरा उल्लेख गरेको छ । 

कार्यक्रममा बोल्दै, अभियानका संयोजक नन्द काप्रीले अब जनता द्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, केन्द्रमा ९ सदस्यीय मन्त्री मण्डल, प्रदेशमा मुख्य मन्त्री नरहने, न्यायधीस प्रतिस्पर्धाबाट आउनुपर्ने, प्रत्यक्ष निर्वाचित निर्वाचन, हरेक जिल्लाबाट १ महिला र १ पुरुष सांसद हुने १६ वर्ष देखिका युवालाई उत्पादन सेना बनाउने, राष्ट्रघात गर्नेलाई मृत्युदण्ड दिने, ४७ साल पछिका उच्च पदस्थ र कर्मचारीको सम्पती छानबिन गर्ने, शिक्षा, स्वास्थ्य, बित्तिय कारोबार, भौतिक निर्माण, सबै सरकार मातहतमा राख्ने, नेता र पूर्व कर्मचारीले लिएको सेवा, सुविधा कटाउने, मजदुरको तलब ३० हजार तोक्ने, बन्द उद्योग खोल्न नेशन फस्टमा सबै नेपाली जोडिन आग्रह समेत गरेका छन । 
भभियानले देशभर भ्रष्टचार विरुद्ध कार्यक्रम गर्ने र अभियानलाई तिब्र बनाउने घोषणा गरेको छ ।   

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal