(Friday , 18 October,2024)

श्रीमतीको खुकुरी प्रहार गरी हत्यापछि नाबालक छोरा लिएर श्रीमान फरार

NepalNewsLine

NepalNewsLine

Image 1

रुकुम । रुकुम पूर्वमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय जीवन ओलीले गत शुक्रबार राति २५ वर्षीया श्रीमती अप्सरा ओलीको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

श्रीमतीको हत्यापछि उनले ६ वर्षीय छोरा आयुसलाई साथमै लगेर फरार  भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रशाद पोखरेलका अनुसार ‍ एक अपरिचित व्यक्तिले घटनाबारे फोन गरेर जानकारी गराएका थिए।

खबर पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलमा प्रहरी खटाएको उनले बताए।

घरभन्दा झन्डै तीनदेखि चार मिटर  टाढा अप्सराको हत्या भएको डिएसपी भट्टराईले बताए।

घरायसी विवादका क्रममा जीवनले अप्सरामाथि घाँटीमा खुकुरी प्रहार गरेको उनको र अत्यधिक रक्तस्राव भएर निधन भएको पोखरेलले बताए।

घटना पछि जीवन नाबालाक छोरालाई लिएर फरार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी भट्टराईले बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal