काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् ।
उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।
राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे । तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन ।
यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ ।
प्रतिक्रिया