१ मंसिर, रुपन्देही - रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
गए राति काठमाडौंबाट दाङ जाँदै गरेको बागमती प्रदेश०३–००१ नम्बरको बस देवदह-८ भलुहीमा पल्टिँएको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टका अनुसार बसमा ३८ जना सवार थिए ।
ड्राइभर निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए ।
घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया