३ भाद्र, काठमाडौ - आइतबार (आज) का लागि तय भएको समाजवादी मोर्चाको बैठक सरेको छ। चार दल सम्मिलित मोर्चाको बैठक आइतबार साँझ नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा तय भएको थियो।
उक्त बैठक भोलि (सोमबार) बिहान साढे ७ बजेका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ।
सोमबारको बैठक पनि एकीकृत समाजवादीकै कार्यालयमा तय भएको हो।
यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो।
प्रतिक्रिया