२१ वैशाख, काठमाडौँ - परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो ।
सो अवसरमा उनीअन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया