एजेन्सी - भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ को विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ ।
झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । त्यसक्रममा प्रहरीले १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।
बीबीसीका अनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’ लाई लिएर सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो । दुई व्यक्तिबीच कुराकानीको स्क्रिनसटलाई इन्स्टाग्राममा सार्वजनिक गरेपछि विवाद चर्किएको थियो ।
प्रहरीका अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो ।
स्थिति नियन्त्रणमा लिन अधिकारीले इन्टरनेट सेवा अवरुद्ध गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छिन् ।
प्रतिक्रिया