(Monday , 07 October,2024)

बाँकेको जानकी गाउँपालिकाको बजेट ४६ करोड

author

Anonymous

Image 1

जानकी (बाँके) । बाँकेको जानकी गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०र८१ का लागि जानकीले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गरेकी थिइन् । 

सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको छ । शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले १ करोड ६९ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ छब्बिस लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभाको समापन अध्यक्ष छब्बन खाँले गरेका थिए । त्यसअघि जानकी गाउँपालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । १४औं गाउँसभामा आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले तोकेका कार्यपालिका सदस्य एवम् प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal