(Friday , 18 October,2024)

डकैतीमा संलग्न रहेको आरोपमा लालबन्दीमा एकजना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

सर्लाही । चोरीडकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाहीका एक जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ।

भारतीय सीमा नजीक रहेको शीतलपुरबाट लालबन्दी नगरपालिका(२ का ४० वर्षीय विजेन्द्र पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तुलालप्रसाद जैसवारले बताए। “घुँडामुनि एक राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएका छौं,” डीएसपी जैसवारले भने।

मधेशका बारा, सर्लाही, महोत्तरी र सिरहासँगै सीमावर्ती सिन्धुली जिल्लामा चोरीडकैतीका सात वटा घटनामा उनी संलग्न रहेको प्रहरीको भनाइ छ। उनले पछिल्लो समय एक करोड रुपैयाँभन्दा बढीको नगद, सुनचाँदीका गरगहना तथा सरसामान लुटेको पाइएको डीएसपी जैसवारले बताए।

त्यस्तै, सिन्धुलीको झपसी क्यानेश्वर, बाराको गढीमाई, सर्लाहीको भक्तिपुर, सिरहाको लहान र महोत्तरीको भंगाहा तथा समसीमा चोरीडकैती गरेको प्रहरीको आरोप छ।

उनले नेपालसँगै सीमावर्ती भारतीय बजारमा पनि चोरी गरेको आरोप छ। प्रहरीका अनुसार उनले २०५९ सालदेखि चोरीडकैती गर्दै आएका थिए।

प्रहरीले प्रहार गरेको गोली पासवानको खुट्टामा लागेको छ। जलेश्वर प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको छ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal