काठमाडौँ । जुम्ला तिला गाउँपालिका वडा नं २ का विकल्प परियार (दिपेश) अहिले GBS जस्तो प्राणघातक रोग संग लडिरहेका छन । उनि भलिबल र एथलेटिक्सका खेलाडी पनि हुन । तर प्राणघातक रोगको संक्रमण पश्चात हस्पिटलको बसाई भएको छ । उनले एस.ई.ई को फर्म पनि भरिसकेका छन । काठमाडौँ टिचिङ हस्पिटलले २०८० भाद्र मा उक्त प्राणघातक रोग प्रमाणित गरिदिएको हो ।
जिबिएस जस्तो प्राणघातक रोगको प्रमाणीत पश्चात IGIF भन्ने खुराक खानुपर्ने र उक्त खुराक ८ किसिमको रहेको छ । जुन एउटै खुराकको ९० हजार पर्ने गर्दछ । औषधि सेवनको क्रममा ब्लडको संक्रमण पनि हुने हुनाले आईसियुको पनि व्यवस्था गर्नुपर्ने रहेको छ । संगै ७र८ महिना देखि फिजियो थेरापि पनि गरिरहेको छ । तर यसको एक चरण भने सकिसकेको छ ।
फिजियो थेरापि वर्ष दिन अथवा अनिश्चितकाल सम्म पनि गर्नु पर्ने हुन सक्छ । रोग पुणै रुपमा निको नहुन्जेल खतरा कायमै रहने भएकोले औषधि लगाएत थेरापि बिचमा छोड्न नमिल्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन । दिपेश हाल महाराजगन्ज स्थित साहारा फिजियो थेरापि अस्पतालमा बिगत ३ महिना देखि उपचार गराईरहेका छन ।
हाल उनको श्वास्थ्यमा क्रमिक सुधार पनि हुदै आएको छ । अबको बाँकी उपचारको लागी भने आर्थिक रुपमा समस्या भएकोले दिपेशले सहयोगको लागि अपिल गरेका छन ।
उनको बारेमा बिस्तृत जानकारी यसप्रकार छ :
बुबा : जनक परियार
बिरामीको नाम : विकल्प परियार (दिपेश)
सम्पर्क नम्बर : ९८४२३६७८८०/९७६५५९४१४०
नबिल बैँक खाता नं : ११८१००१७५००९०७
साथै यदि सहयोग गर्नुभएमा स्क्रिनसट पठाउन पनि अनुरोध गरेका छन ।
प्रतिक्रिया