१२ कार्तिक, काठमाडौं - मानवअधिकार तथाशान्ति समाजले संसद भवन अगाडि विरोध प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने लगायतका माग राख्दै प्रर्दशनमा उत्रिएका २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, अध्यक्ष रामकृष्ण बराल लगायतका पदाधिकारी र सदस्यहरुसहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई बानेश्वर प्रहरी वृतमा राखिएको छ ।
संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने तथा फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने मागसहित प्रर्दशन गरिएको समाजका अध्यक्ष बरालले जानकारी दिए ।
समाजका अध्यक्ष बरालले २१ असोजदेखि नै देशकाविभिन्न ठाउँहरूमा विरोध प्रदर्शन हुँदै आएको र आजको प्रर्दशन त्यसकै निरन्तरता भएको बताए ।
प्रतिक्रिया