(Friday , 18 October,2024)

शुक्रबार रंगशालामा एसिया रग्बी सेभेन्स प्रतियोगिता उद्घाटन हुदै, एकै दिन ३० खेल हुने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । एसिया रग्बीले आयोजना गर्न लागेको प्रतियोगिता दशरथ रंगशालामा शनिबारसम्म हुनेछ ।

२ दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक दिन ३० वटा खेल आयोजना हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा नेपालसहित १६ वटा यसियाली देश सहभागी हुँदैछन् ।

जसमा पुरुप रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा ७ वटा टिमले सहभागिता जनाउने छन् ।

एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तराष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा नेपाल रग्बी संघको विश्वास छ ।

यस प्रतियोगितामा करीव २ करोड १० लाख लागत लाग्ने अनुमान गरिएको संघले जानकारी दिएको छ ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal