५ भदौ, काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन महामाहारीबाट मरेका पशु चौपायाको तथ्याङ्कमा गम्भीर हेलचेक्र्याइँ गरेको पाइएको छ ।
मन्त्रालयले १४ साउन र ३ भदौमा प्रकाशित गरेको तथ्याङ्कमा मरेका पशुहरुको तथ्याङ्क एक हजार २३१ ले सच्याएर सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।
पशु सेवा विभागले देशभरका जिल्लाका कृषि ज्ञान केन्द्रबाट लिने यस्तो तथ्याङ्क मनपरी संकलन भएको पाइएको पशु सेवा विभागले स्रोतले जनाएको छ ।
जसका कारण रोग संक्रमण, निदान, मरेका पशु र क्षतिको आंकलन अन्दाजको भरमा हुने गरेको खुलेको हो ।
पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले भने सरकारबाट राहत पाइन्छ कि भनेर संख्या थप गरिएको हुन सक्ने आंकलन गरे ।
प्रतिक्रिया