३१ साउन, काठमाडौँ - आज फेरि सेयर बजार परिसूचक नेप्से २० अंक माथिले घट्न पुगेको छ । अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो ।
यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो ।
आज नेप्से १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।
प्रतिक्रिया