आजदेखि चालू आर्थिक वर्षको सबै खाले सरकारी लभुक्तानी कार्य बन्द हुँदैछन् ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आज राती १२ बजेबाट लागू हुने गरी नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द रहने भएको हो ।
संघ, प्रदेश र स्थानीय तहको आर्थिक वर्ष समाप्त हुनु एक साता अघि निकासा भुक्तानी र प्रणाली समेत बन्द हुनेछ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ र २ बमोजिम संघीय कार्यालयहरूमा भुक्तानी बन्द हुनेछ भने प्रदेश र स्थानीय तहको हकमा सोही नियमको उपनियम ७ र ८ बमोजिम बन्द हुनेछ ।
प्रतिक्रिया