(Sunday , 21 April,2024)

राज चरी (Black naped monarch)

Indrajeet Pariyar

Indrajeet Pariyar

राज चरी (Black naped monarch) वैज्ञानिक नाम Hypothymis azurea  बाँके राष्ट्रिय निकुञ्जमा विरलै देख्न पाईने अति नै सुन्दर चरा हो । नेपालमा अनेक जातका जीव, जनावर, चराचुरुगीं तथा वनस्पतिहरु पाईन्छन । तथ्याकंमा नेपालमा मात्र ८८६ प्रजातिको चराचुरुगीं पाईएको बताईएको छ । यो चरा देख्दा सानो देखिए पनि फ्लाई क्याचर परिवारमा पर्ने चरा मध्यकै  फुर्तिलो चरा मानिन्छ । राजचरी आवसीय चरा हो यो बाहिरी मुलुकबाट बसाई सरेको चरा प्रजातीमा  पर्दैन यो सतप्रतिसत रैथाने चरा हो ।  यो अती नै आकर्षक चरा मध्य पनि एक मानिन्छ । सानो खिरीलो रुखका हाँगामा सानो गुँड बनाएर बस्ने यो चरा घाँसका रेसा र माकुराको जालो तथा आफ्नो विष्टाबाट गुँड बनाउने गर्छ । उष्णकटिबन्धीय वन क्षेत्रमा बस्ने, साना तिना किरा फट्याग्राँ खाने खुला हाँगामा अस्पष्ट नदेखिने गरी गुँड बनाउने यो चरा शिकारी चराबाट निकै नै खतरा हुने गर्छ । उडेर आकाशमा नै आफ्नो आहारा समात्ने गर्दछन । त्यसै कारण यस प्रजातीको चराहरुलाई फ्लाई क्याचर परिवारमा राखिएको छ । राजचरी पोथीको  टाउको वरीपरी हल्का निलो रंगको हुुन्छ भने भाले चाहीं पुरै शरिर निलो र पखेटा हल्का कालो रंगको हुन्छ । यो चराको गुंड रुखको हांगा को रगं संग मिल्दोजुल्दो अथवा वरिपरिको वातावरण संग नदेखिने  खालको हुन्छ । आत्मरक्षाको यही नै यस चराको विकल्प हो ।

                                

यो प्रजातीका चराहरु ठूलो समूहमा आज सम्म नदेखिएको चरा विदहरुको मुल्याङ्कन छ । तर कहिले काही अरु साना प्रजातीका चराहरु संगै मिलेर खेल्ने रमाउने गर्ने गर्दछन् । बाँके राष्ट्रिय निकुञ्जको अधिकांस भागमा राजचरीको बासस्थान अनि बच्चा कोरलेको विरलै देख्न सकिन्छ । गर्मी मौसममा मे देखि जुलाई सम्म यस चराले अण्डा तथा बच्चा कोरल्ने गर्दछ । राजचरीले एक पटकमा दुई देखि तीन वटा सम्म अण्डा पार्ने गर्दछ । लगभग १२ देखि १५ दिन सम्ममा अण्डाबाट बच्चा कोरल्ने गर्दछ । राजचरीको संख्यामा कमि आउनु तथा समूहमा नदेखिनुको लगभग सबै कारणहरु मानिस संग सम्बन्धित छन । सबभन्दा ठुलो चाहि बासस्थान विनास र त्यसपछि चोरी शिकारी, प्राकृतिक श्रोतको अत्यधिक दोहन भएको छ  जसले गर्दा खानाको कमि , जलवायु परिवर्तन महत्वपुर्ण कारण हो, जलवायु परिवर्तनले खतरा उत्पन्न गरेको छ चराहरुले आकाशमा रहेको शक्तिलाई जमीनमा ल्याउन ठुलो भुमिका खेलेको हुन्छ । चराहरुले कति किरा फट्याग्रा खाईदिन्छन जन नखाएमा किरा फट्याग्राले बाली नाली नाश गर्न सक्छन । हाम्रा परम्परा तथा मान्यताहरु जसमा चराहरु केही न केही तरिकाले सम्बन्धित छन। जस्तो सरस्वतीको वाहन सेतो हाँस हो । चरा बचाएनौ भने त्यो मुल्य पनि नष्ट हुन्छ । हामी ले चरा संगै बाँच्न सिक्नु पर्छ । चराहरु हाम्रो उत्पत्ती भन्दा अगाडी नै पृथ्वीमा उत्पत्ती भएका हुन । पृथ्वीमा चराहरुको पनि उत्तीकै अधिकार छ जती हाम्रो छ । चराहरुलाई बचाउनु हामी सबैको दायित्व  र कर्तव्य पनि हो । हामीले सरकार को मुख ताक्नु हुँदैन किनभने चराचुरुगीं बचाउन सरकारले रोकदैन। हामी प्रत्येक नागरिकले प्रकृति बचाउनु छ भनेर सोच्यौ भने मात्र पृथ्वी बच्ने कुरामा दुईमत छैन । मानव अस्तीत्व मात्रले ब्रम्हाण्ड सुसज्जित हुन सक्दैन ।

                           

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal