छविलाल जाेशीलाई पनि धराैटीमा रिहा गर्न आदेश

काठमाण्डाै  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा पूर्वडीआईजी छविलाल जाेशीलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएकाे छ ।

न्यायाधीश नितीज राईको इजलासमा आज भएकाे थुनछेक बहसपछि अदालतले जाेशीलाई ८८ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएकाे थियाे । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएकाे थियाे ।

प्रतिक्रिया