प्रधानमन्त्रीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुँदैछन् । 

त्यसपछि उनले मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन र सुर्खेत रङ्गशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया