दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध

काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका दुम्कीबासमा रहेकाे विनयी खोलाको पुल भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयाे । बेलुकी ५ बजेतिर पुलको बीच भाग भासिएपछि गाडी सञ्चालन ठप्प भएकाे पोख्रेलले बताउनुभयो ।

पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको काम थालिएको प्रमुख जिल्ला अधिकारी पाेख्रेलले बताउनुभयो । डाइभर्सन निर्माण गरी गाडी सञ्चालन गर्न केही समय लाग्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया