काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा

काठमाण्डौ  आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज लुम्ले, डडेलधुरा, दिपायल, विरेन्द्रनगर, जुम्ला, घोराही, पोखरा, जोमसोमलगायतका क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भने हुस्सु लागेको छ । यस्तै कोशी प्रदेशका पहाडी क्षेत्रमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । मौसम बदली भए पनि कुनै ठाउँमा पनि पानी नपर्ने महाशाखाले जनाएको छ ।

आज अधिकतम तापक्रम सबैभन्दा धेरै धनगढीमा २५ देखि २७ डिग्री सेल्सियस र सबैभन्दा कम जोमसोममा १२ देखि १४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यस्तै आज राति न्यूनतम तापक्रम सबैभन्दा कम जुम्लामा माइनस ५ देखि माइनस ३ सम्म झर्ने अनुमान रहेको महाशाखाको भनाइ छ । 

प्रतिक्रिया