(Saturday , 11 May,2024)

कालिगण्डकीमा मोटरसाइकलसहित खसेका युवकको ३ दिनपछि शव भेटियो 

NepalNewsLine

NepalNewsLine

Image 1

पोखरा । मोटरसाइकलसहित कालिगण्डकीमा खसेका एक युवकको शव ३ दिनपछि भेटिएको छ । 

अन्नपूर्ण गाउँपालिका ३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्रीको शव ३ दिनपछि नदीको खोँचमा फेला परेको हो । 

उनको शव सशस्त्र प्रहरी बल गलेश्वरबाट खटिएको गोताखोर र प्रहरीको संयुक्त टोलीले फेला पारेको छ ।

म्याग्दीकै तातोपानी बस्दै आएका घर्ती पुस २ गते ग १ प ११३० नम्बर प्लेटको मोटरसाइकलसहित नौनीबगर भिरबाट खसेका हुन् ।

दोस्रो दिनदेखि उनको खोजी भएको प्रहरीले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal