दु:खद खबर : विमान दुर्घटनामा २० यात्रुको मृत्यु { R.I.P} लेखौ र दुर्घटनाको कारणले सबैको होस उड्यो

0
230

दु:खद खबर : विमान दुर्घटनामा २० यात्रुको मृत्यु { R.I.P} लेखौ र दुर्घटनाको कारणले सबैको होस उड्यो

काठमाडौ। बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता गरी स्वीजरल्याण्ड प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताउनुभयो, “प्रहरीले विमानमा रहेका सबैजनाको मृत्यु भएको दुखद खबरको पुष्टि गर्दछ ।”

विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको हो । यसअघि दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको थियो । विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको हो ।

एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, “विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।” विमानको भग्नाबशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा सानो क्षेत्रमा छरिएको बताउँदै विमान दुर्घटनाको कारण विष्फोटन नहुनसक्ने सङ्केत देखिएको प्रत्यक्षदर्शीले बताएका थिए । (रासस/एएफपी) Source: Mechikali Khabar

पिताको मृत्युको तीन वर्षपछि संसारलाई चकित पार्दै जन्मिए छोरा, यसो भन्छिन आमा

भारतको मुम्बईमा मार्केटिङ कन्सल्टेन्ट गौरव एसको सवारी दुर्घटनामा मृत्यु भयो । उनको मृत्यु भएको तीन वर्षपछि उनकै वीर्यबाट छोरो जन्मिएको छ । जसलोक अस्पतालमा उनको छोरालाई जन्म दिइएको हो । बाबुको मृत्यु पश्चात पनि छोरालाई जन्मदिन प्रक्रियाको शुरूवात अगस्ट २०१५ मा भएको थियो । त्यतिखेर बेंगलुरुमा काम गरिरहेका ३० वर्षीय दम्पती सुप्रिया जैन र गौरव एसले एउटा निर्णय लिए । बिहेको पाँच वर्षपछि पनि उनीहरू आमाबुवा बन्न नसकेपछि आईभीएफ प्रविधिको सहायता लिए । तर, आईभीएफ प्रक्रियामा गएको केही दिनपछि नै गौरव सवारी दुर्घटनामा ज्यान गुमाए ।

पतिको मृत्यु पश्चात सुप्रियालाई सम्हालिन समय लाग्यो । पछि गएर उनले पतिको बच्चालाई जन्माउने मन बनाइन् र चिकित्सकसँग परामर्श लिन थालिन् । त्यसपछि उनी आमा बन्ने खर्चिलो र लामो यात्रा शुरू गरिन् । चिकित्सकसँगको सल्लाहपछि एकदम गाह्रो गरी सुप्रियाका पतिको वीर्य सम्हालेर राखियो ।उनको उपचारमा संलग्न चिकित्सक डा पारिख भन्छिन्, ‘हामीहरू कुनै जोखिम उठाउन चाहँदैनथियौं । हामीले धेरैचोटि डिम्बलाई सेचन गर्ने कोशिश गर्यौं तर काम बनेन ।

अनि हामीले सरोगेट खोज्ने निर्णय लियौं ।’सरोगेट आमाबाट छोरो जन्मेको कुरा सुप्रियाले बालीमा थाहा पाइन् । उनी भन्छिन्, ‘छोरो आफ्ना बुवाजस्तै देखियोस् भन्ने कामना गर्दछु । म बच्चा हैन, गौरवको बच्चा चाहन्थें । हामीले पहिले नै हाम्रो एक बच्चा पाएपछि अर्को अडप्ट गर्ने निर्णय लिइसकेका थियौं । गौरवको मृत्युको दिन अब शहर छोडेर भाग्न मलाई मन लाग्दैन अब ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here