भोलि प्रधानमन्त्री ओलीसँग गम्भिर वार्ता हुन्छ: प्रचण्ड

0
91

चितवन, वैशाख ५— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताएका छन् ।

चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताको मिति बिहिबार टुंगो लाग्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘अब कोशिष गर्दै छौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति फिक्स हुन्छ ।’ यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।

अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताए ।

‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उनको भनाई थियो ।
प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ ।