जापानी भाषा पढिरहेका हरुलाई दुखद खबर जापान सरकार ले ल्यायो नया नियम

0
82
जापानी भाषा पढिरहेका हरुलाई दुखद खबर जापान सरकार ले ल्यायो नया नियम

टोकियो अप्रिल, १७ । जापानी भाषा विद्यालयका लागी जापानी सरकारले नयाँ प्रावधान लगाउने भएको छ । जापानको न्याय मन्त्रालयले विदेशी विद्यार्थीहरू पढ्ने जापानी विद्यालयको लागी नयाँ कडा नियम लगाने तयारी गरेको छ । पछिल्लो १० वर्षमा विदेशी विद्यार्थीहरू पढाउने भाषा विद्यालयको सङ्ख्या दुई गुणाले बढेको मन्त्रालयले जनएको छ । विदेशी विद्यार्थी पढाउने विद्यालय सञ्चालनको विषयमा बशस बढेपछी मन्त्रालयले सञ्चालनको लागि कडा प्रावधान ल्याउने तयारी अघि बढाएको हो । आप्रवासन एजेन्सीका अनुसार हाल जापानमा ७ सय ४९ वटा यस्ता भाषा विद्यालयहरू रहेका छन्, जसले विदेशी विद्यार्थीहरू अध्ययन गराई रहेको छ । जापान सरकारले विदेशी विद्यार्थीहरूको सङ्ख्या ३ लाख बढाउने घोषणा गरेपछि जापानमा भाषा विद्यालयको सङ्ख्यामा केही बर्षयता बाढी नै आएको पाइन्छ ।

नयाँ कडा प्रावधानले भाषा विद्यालयहरुलाई नियमन गर्न कक्षामा पढाईको समय तथा शिक्षकको संख्या जस्ता विषयहरुलाई समेत समेटेको छ । जसले थोरै विद्यार्थी रहेका साना विद्यालय तथा अनियमीत विद्यालय जाने विद्यार्थीहरुलाई सिधा असर पार्नेछ । नयाँ प्रावधान अनुसार नयाँ शर्तहरु पुरा गर्नसक्ने विद्यालय तथा कम्पनीले मात्र भाषा कक्षाको पढाई सञ्चालन गर्न सक्नेछन् । हाल सञ्चालनमा रहेका कयौं भाषा विद्यालयहरुले विद्यार्थीलाई विद्यालयकै काममा समेत लगाउने तथा न्यून भूक्तानी गर्ने देखी पढाई तथा शिक्षकहरुको अध्यापन नियमीत नभएको बताईन्छ ।

नयाँ मापदण्डमा भाषा परिक्षामा विद्यार्थीहरुको सफलता प्रतिशत समेत विद्यालयले सार्वजनिक गर्नुपर्ने उल्लेख छ । जसले भाषा विद्यालयहरुको शैक्षिक अवस्था उजागर गरिदिनेछ । हाल भाषा विद्यालयको रुपमा सञ्चालिय यस्ता दर्जनौं जापानी भाषा विद्यालयहरु नाम मात्रको रुपमा छन् जसले विदेशी विद्यार्थीलाई पैसा सोहोर्ने दुहुनो गाईको रुपमा मात्र प्रयोग गरेका छन् । जापानी भाषा शिक्षाको प्रवद्र्धन गर्ने संघले समेत केही विद्यालयहरु उत्कृष्ठ रहेको भएपनि केही विद्यालयहरु नाजुक अवस्थामा रहेको स्विकार्दै यसमा नियमीत चेकजाँच गर्ने प्रणाली अत्यावश्यक भईसकेको सुझाव सरकालाई दिएको छ ।

न्याय मन्त्रालयले छिट्टै नयाँ कडा प्रावधान सहितको योजनालाई लागू गर्ने तयारी अघि बढाएको अधिकारीहरुलाई उदृत गर्दै जापानी समाचार संस्था एनएचके टेलिभिजनले उल्लेख गरेको छ । समाचार अनुसार भाषा विद्यालयहरुको लागि नयाँ प्रावधानहरु लागू भएमा विद्यार्थीहरुमा समेत प्रत्यक्ष प्रभाव पर्नसक्ने भन्दै त्यस्ता सकारात्मक वा नकारात्मक असरको वारेमा समेत मन्त्रालयले विचार विमर्श गरिरहेको बताईएको छ । Japansamachar बाट

यो पनी >>> जापानमा ट्रिपरको ठक्कर बाट नेपाली युवती ममताको मृत्यु । विवाह भएको एक महिनामै टुट्यो दाम्पत्य जीवन

नायोगा, जापान अप्रिल १६ । नेपाल बाट अध्ययनको लागी जापान पुगेकी नेपाली युवतीको टिप्परको ठक्करबाट मृत्यु भएको छ । अध्ययनको लागी जापान पुगेकी ममता मोक्तान क्याम्पस जाने बेलामा ट्रिपरको ठक्कर निधन भएको हो । जापान समाचार डट कम लाई प्राप्त जानकारी अनुसार जापान नागोया मेकेनको योकाईची सिटीमा सोमबार बिहान करिब ९ बजे तिर ममता विद्यालय जान क्रममा दुर्घटनामा परी ज्यान गएको हो । नायोगामा रहेको योक्काइची कलेज अफ इन्फरमेसन एन्ड ल्यांग्वेजमा अध्ययनरत ममता मोक्तानको ट्रिपरको ठक्करबाट घटनास्थलमै निधन भएको हो ।

मृतक ममताका श्रीमान् राम तामागंका साथि सुरेन गिरीले जापान समाचार डट कमलाई दिनुभएको जानकारी अनुसार प्रहरी सोधपुछ र अस्पतालले आवश्यक काम गरेर शव सोमबार रातिनै दिईसकेको छ । गिरिले भन्नुभयो-‘अब जापानमानै दाहसंस्कार गर्ने कुरा भए को छ, आवश्यक तयारी गरेर पर्सितिर दाहसंस्कार गर्ने सोचमा छौं यसबारेमा मंगलबार पारिवारिक छलफल गरेर निर्णय गर्नेछौं ।’सन् २०१६ को अप्रिलमा भाषा अध्ययनको लागि विद्यार्थीको रुपमा ममता मोक्तान जापान ओकिनावा आएकी थिईन् । ममताको फेस बुकको विवरण हेर्दा अप्रिल १८ मा जापान आएकी उनले नाहा ओकिनावामा भाषा विद्यालयपछि नागोयामा रहेको योक्काईची कलेज अफ ईन्फरमेशन एण्ड ल्यांग्वेजमा सेन्मोन अध्ययन थालेकी थिईन् ।

सन् २०१८ जुन १७ तारिखमा राम तामागंसँगको प्रेम सम्वन्धबारे खुलेर फेसबुकमा फोटो राखेकी ममताले प्रेम सम्वन्धलाई एक महिनाअघि मात्र नेपाल गएर बिवाह बन्धनमा परिणत गरेकी थिईन् ।दुई साता अघिमात्र नेपाल गएर बिवाह गरि जापान फर्केकी ममताले नयाँ बर्षको दिन पारेर रामसँग खिचेका ६ वटा तस्विर राख्दै आफ्नो प्रेम र नयाँ बर्षको शुभकामना साथीभाई र परिवारजनमा बाँडेकी थिईन् । तर दैवको लेखा, भावीले लेखेको ममताको आयु भनौं वा राममाथि आईपरेको बज्रपात बिवाहको महिना दिन नपुग्दै राम ले आफ्नो मायाँलु जीवनसंगिनीलाई नयाँ बर्षको भोलीपल्टै असामयीक घटनामा गुमाउन पुगेका छन् ।

पढ्नको लागि हिँडेकी जीवनसंगिनिको जीवनलिला बिचबाटोमै सवारी दुर्घटनामा परि समाप्त भएको खवरले विछिप्त राम आफैंमा एक कुशल पत्रकार हुन् ।सैलुंगअनलाईन लगायत अनलाईनहरुमा काम गर्दै आएका राम नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जापानका अध्यक्ष समेत रहेका छन् । रामको घर नेपालमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका हो । ममताको जन्मघर भने पर्सा जिल्ला हो । रत्नराज्यलक्ष्मि क्याम्पस काठमाडौंबाट पत्रकारिता अध्ययन गरेर अरुका दुखका खवर र खुसीका हर्सलाई शब्दमा उतार्दै आएका राम आज आफैं शब्दबिहिन बन्न पुगेका छन् ।

दुखको पहाडलाई आँशुले पखाल्ने प्रयासमा रहेका राम प्रेम बियोगसँगै जीवनको सहारा बनेर आएकी श्रीमतीलाई सपनाजस्तै लाग्ने सवारी दुर्घटनामा सदाको लागि गुमाउनुपर्दा मुर्छित् छन् । जीवनको एकपाटो आफ्नी जीवनसंगिनीलाई अकल्पनिय दुखद सवारी दुर्घटना मा परि गुमाएका राम तामांगप्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । अल्पायुमै जीवन गुमाउनुभएकी ममता तामागंप्रती हार्दिक समवेदना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here