उपविजेता नेपालि क्रिकेट टोलि आज नेपाल फर्किदै

0
157

काठमाडौ,६ माघ । थाईल्याण्ड वुमन्स टी– २० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कदैछ ।

घरेलु टोलीसंग पराजित हुँदै प्रतियोगिताको उपविजेतामा सिमित बनेको महिला क्रिकेट टोली आज दिउँसो पौने एक बजे नेपाल आईपुग्ने छ ।

उपाधि भिडन्तमा नेपाली टोली शनिबार आयोजक थाईल्याण्डसंग पराजित भएको थियो । घरेलु टोलीसंगको हारले पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने महिला टोलीको सपना टुटेको थियो ।

समूह चरणमा अपराजित रहँदै नेपालले फाईनल यात्रा तय गरेको थियो । उपाधि भिड्न्तमा भने नेपाल थाईल्याण्डसंग ७० रनले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here