आज सनिबार यी खानेकुरा हरु नखानुहोस

0
161

वि.सं.२०७५ साल पौष २८ गते । शनिबार । ईश्वी सन् २०१९ जनवरी १२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि षष्ठी,२७ घडी १४ पला, बेलुकी ०५ बजेर ५१ मिनेट उप्रान्त सप्तमी ।

नक्षत्र उत्तरभाद्रपदा,अहोरात्र । योग परिध, ५४ घडी २६ पला । करण तैतिल, बेलुकी ०५ बजेर ५१ मिनेट उप्रान्त गर । आनन्दादिमा धुम्र योग । चन्द्रराशि मीन । पञ्चक । काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २६ घडी ११ पला ।

शनिदेवलाई खुसी बनाउन चाहनुहुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ । धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ ।

कुन-कुन खानेकुरा शनिबार खानु हुदैन ?

माछा मासु पनि शनिबार नखादाँ नै राम्रो मानिन्छ। अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यान पुर्योउनुपर्ने हुन्छ।
शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ।
शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।
सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ ।
काँचो आपको अचार खानबाट बच्नुहोस् ।
रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here