रविलाई मुकुन्देको झटारो, प्रधानमन्त्री नै बनाउँछौं भन्नेहरु पहिला मतदात सूचीमा नाम त लेखाउ :

0
162

चर्चित पत्रकार रवी लामिछानेको सम्बन्ध विच्छेदको कुराले अहिले निक्कै चर्चा पाइरहेको छ । सामाजिक संजालहरुमा जताततै उनको डिभोर्सको विषयमा मात्र चर्चा भएको हामी देख्न सक्छौ ।

लाखौ नेपालीहरुले भगवानको दर्जा दिएको रवीको विषयमा यस्ता नराम्रा कुराहरु बाहिरिदा अधिकांश मानिसहरु दुखी भएको देखिन्छ र रवीको पक्षमा आफ्नो भनाइ राखेको देखिन्छ भने केही मानिसहरु उनको विरोधमा लागि परेका छन्।

यसै बिच सामाजिक सञ्जालका चर्चित पात्र मुकुन्दले रविलाई लगातार रुपमा शब्द वाण प्रहार गरिरहेका छन् । उनले केहि समय अगाडि मात्रै टुइटरमा रविलाई वडाध्यक्ष मात्रै भएर देखाउन चेताबनी दिएका छन् । भने उनलाई प्रधानमन्त्री बनाउँछौं भन्नेलाई पहिला मतदाता नामावली नाम लेख्न भनेका छन् ।

साथै उनले टुइरटरमा यस्तो लेखेका छन् ।

“३ करोड जनताको भन्नेहरु वडाध्यक्ष मात्रै भएर देखाऊ, नवनागरिकहरु पहिले मतदाता सूचीमा नाम त लेखाऊ, `स्वास्नीसँग सीधा कुरा´ पदावली घाँडो भयो, पैसा उठाएर समाजसेवा ठगी खाने भाँडो भयो, त्यसै बलात्कार भनेर मिडियाबाट खल्लीबल्ली उराल्दछन्, छोरीहरुको बिहे गर्ने बेलामा आमालाई सौता हाल्दछन्।”

Nirajan
@Nirajan02008330
Replying to @Mukunda_dai
खोइरो काड्ने भय बुढाले रबि लामिछानेलाइ उता आत्मा समर्पण गर्दै छन उनी आइन्दा ब्यक्तिगत कुराको बारेमा बोल्ने छैन भनदै उता यता भने गोलि ठोकेको ठोकै गर इन्जिनियर सापले। हैट

1
5:38 PM – Jan 7, 2019
Twitter Ads info and privacy
See Nirajan’s other Tweets
Twitter Ads info and privacy
रविले केहि समय पहिला पूर्व श्रीमतीले परपुरुष संग बोलेको म्यासेजको स्कृनसट् पनि सार्वजनिक गरेका थिए ।

सार्वजनिक भए लगत्तै रविको आलोचना सुरु भएको थियो । उनलाई धेरैले नराम्रो भनेका थिए । आफूले दुनियाँका स्वानी संग लागेर जथाभावी बच्चा पनि जन्माउन हुने उनकी पत्नीले कसैसंग बोल्न पनि नहुने ।जस्ता प्रतिक्रिया दिए पछि रविले उक्त स्टाटस डिलिट गरेका छन् । साथै उनले आज बाट आफ्नो निजी जीवन बारे नबोल्ने भन्दै आर्को स्टाटस पनि लेखेका छन् ।

नेपाली नेताले पनि सिक्नुपर्ने यी हुन् उदाहरणीय जीवनशैली भएका विश्वका नेताहरु

काठमाडौं । विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमासमेत पढाउँछन् ।

उनीहरुलाई साइरन बजाउँदै सडकमा भिभिआइपी दम्भ देखाउनु बेतुक लाग्छ । राज्यको व्यभार कटौती गर्ने पनि छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवासमा क्याम्पस सञ्चालन गर्न दिएका छन् । यस्ता विश्व नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् ।

इमरान खान, पाकिस्तानका प्रधानमन्त्री

सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकार प्रमुखको सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । अलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सारे र त्यहाँ क्याम्पस सञ्चालन गरे ।

प्रधानमन्त्रीको सुरक्षाका लागि रहेको हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैंसी लिलामीमा राखे । दुईवटा गाडी मात्रै आफ्नो सचिवालयमा राखे ।

आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रुपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहत सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे ।

बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति
बाराक ओबामा अबकासपछि आफ्नै फाउन्डेनबाट समाजसेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्पप्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् ।

मार्क रुटी, नेदरल्यान्ड्सका प्रधानमन्त्री
रुटी राजनीतिमा आउनुअघि व्यवसाय गर्थे । अहिले पनि स्मार्टफोन प्रयोग गर्दैनन्, नोकियाको सामान्य फोन चलाउँछन् ।

प्रधानमन्त्री भएपछि पनि साताको एकदिन प्राथामिक विद्यालयमा पठाउन जान्छन् । साइकल चढेरै कार्यालय जाने–आउने गर्छनु । अगाडि–पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन् ।

डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
ट्रम्प विलासी र सन्काहा नेताका रुपमा जति परिचित छन् त्यति नै मनकारी पनि छन् । राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै उनले तलब नलिने घोषणा गरेका थिए ।

तर, अमेरिकी कानुनले उनलाई त्यस्तो छुट दिएन । उनी अहिले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार नौ सय ९९ डलर सामाजिक काममा खर्चिन्छन् ।

जस्टिन ट्रयुडो, क्यानाडाका प्रधानमन्त्री
प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले क्यानाडामा स्वागत गरे ।

कतिपयलाई लिन त विमानस्थल नै पुगे । आफू हिँड्ने बाटोमा साइरन बजाउँदै यात्रुलाई दुःख दिँदैनन् ।

जुली एनी गेन्टर, न्यूजिल्यान्डकी यातायातमन्त्री
जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैं चर्चा गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here