अब उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : प्रचण्ड

0
155

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब उपचार नपाएर कसैले ज्यान गुमाउनु नपर्ने बताउनु भएको छ ।

उहाँले विपन्नहरुको उपचारका लागि सरकारले दिँदै आएको एक लाख रुपैयाँ वृद्धि गरी पाँच लाख पुर्‍याउने भएकाले अब यस्तो अवस्था नआउने बताउनु भएको हो ।
भक्तपुरमा शुक्रबार नेपाल अयुर्बेद रोग निवारण संस्थाको २८ औं राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नहरुको उपचारका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएकाले अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनु भएको हो ।

देशमा बढ्दै गएको क्यान्सर रोगप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताउनुभयो । सरकारले अस्पतालहरुमा क्यान्सर उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणहरु वितरण गर्ने बताउँदै अहिले उपकरणहरु ल्याउन भइरहेको प्राविधिक जटिलताहरु अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट क्यान्सर रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here