(Monday , 07 October,2024)

कोशीमा प्रदेश नामाकरण सम्बन्धमा बुधबार तय भएको वार्ता स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

१३ असार, विराटनगर - कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो ।

प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने बताएको हो ।

आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै वार्ताको वातावरण नभएको बताएको छ ।

कोशी प्रदेश सरकारका वार्ता टोली संयोजक तथा खानेपानी सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ताका लागि संघर्ष समितिका नेताहरुको समय नमिलेपछि स्थगित गरिएको बताए ।

प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टी र संघर्ष समितिलाई एकै समयमा वार्तामा बोलाएको पनि उनले बताए । उनले फेरि सल्लाह गरेर वार्तामा बोलाइने पनि बताए ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा आन्दोलन सुरु गरेका थिए ।

प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal